Logo

बैंक / बिमा /शेयर

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानमा ईएमआई सुविधा


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।

नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह