Logo

Uncategorized

पर्यटन उद्यमी अभिषेक विक्रम शाह ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित


GDP नेपाल
   २४ फाल्गुन २०७९, बुधबार


पर्यटन उद्यमी अभिषेक विक्रम शाह नेपाल सम्मान २०७९ बाट सम्मानित भएका छन् ।बुधबार अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई सम्मानित गरेका हुन् ।

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान दिएका कारण शाहलाई सम्मानित गरिएको हो । बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक समेत हुन् ।

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध उनी यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह