Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २ चैत्र २०७९, बिहिबार


प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह