Logo

Sub-banner

राहदानी विभागको टोली पोर्चुगल आउने


GDP नेपाल
   ५ चैत्र २०७९, आइतबार


युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो ।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताउनुभयो ।

विशेषतः पोर्चुगलको अध्यागमन र सीमा सेवा ९सेफ० बाट अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाका लागि पहिलो प्राथमिकतामा सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । दूतावासका अनुसार राहदानीको म्याद सकिएका, राहदानी नष्ट भएका र राहदानी हराएकाहरुलाई सेवा प्रदान गरिने छ । एक महिने राहदानी सेवा शिविरका लागि लिस्बनको आन्जुसमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह