आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुलेस सामसुंंग ग्यालेक्सी बड्स २ जित्नेछन् ।
यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले १००० जित्नसक्ने आइएमई पे ले जनाएको छ । सो रकम विजेताको वालेटमा लोड हुनेछ ।
प्रतिक्रिया