Logo

घुमफिर

खप्तडमा ‘हेली टुर’ सञ्चालन


GDP नेपाल
   १० चैत्र २०७९, शुक्रबार


सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो ।

समिट एयरले आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो ।

आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताउनुभयो ।

साथै डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति रु १० हजारसम्म शुल्क तोकिएको खड्काले बताउनुभयो ।

खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’ आजदेखि १२ गतेसम्म रहनेछ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुर्‍याउने योजना रहेको खड्काले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुङ्गा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् ।

भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । पछिल्लो समय भूस्वर्गका रुपमा चिनिने खप्तड दिनानु दिन पर्यटको रोजाइ बन्दै गएको छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह