Logo

घुमफिर

सेसेल्स भ्रमणमा नेपालका १० उत्कृष्ट ट्राभल्स एजेन्सीका प्रतिनिधि


GDP नेपाल
   १५ चैत्र २०७९, बुधबार


कतार एयरलाइन्सले सेसेल्सका वाणिज्यदूत र एनआरएनए सेसेल्सको मैत्रीपूर्ण सहयोगमा सेसेल्स भ्रमणको अवसर प्रदान गरेको छ ।

२६ मार्च २०२३ का दिन कतार एयरलाइन्सले आफ्नो व्यवसायको प्रमोट गर्दै नेपालका दश उत्कृष्ट ट्राभल्स एजेन्सीहरूलाई नेपालका लागि सेसेल्सका वाणिज्यदूत र एनआरएनए सेसेल्सको मैत्रीपूर्ण सहयोगमा सेसेल्स भ्रमणको अवसर प्रदान गरेको हो ।

सेसेल्स भ्रमणमा रहेका टोलीलाई काठमाडौंबाट विमानस्थलमा वाणिज्यदूत नरेश दासले बिदाइ गरेका थिए । यस्तै, उनीहरुलाई सेसेल्स विमानस्थलमा एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिक र अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमण टोलीले सेसल्सको सबैभन्दा ठूला तीन टापुहरुको भ्रमण गर्ने कार्यक्रम रहेको एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले जानकारी दिए ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह