Logo

Banner-news

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह


GDP नेपाल
   २० बैशाख २०८०, बुधबार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराले नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताउनुभयो । उहाँले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताउनुभयो । अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उहाँले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह