Logo

बैंक / बिमा /शेयर

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

एचआइडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयर बराबरको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, प्रभु इन्सुरेन्सको ८ लाख ६४ हजार १०६।७६ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह