Logo

घुमफिर

‘पर्यटन क्षेत्रको विकासका लागि सहकार्य जरुरी’


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । हिमालय उद्धार सङ्घको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्छ भन्नुभयो ।

“सरकार नपुगेको हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार सङ्घले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ,”–उहाँले भन्नुभयो । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको बताउनुभयो ।

हिमालय उद्दार सङ्घका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सङ्घले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताउनुभयो ।
सङ्घको अध्यक्षमा पराजुली
हिमालय उद्धार सङ्घको यही जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सङ्घको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित हुनुभएको छ । उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह