Logo

Banner-news

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छः चौधरी


GDP नेपाल
   २५ जेष्ठ २०८०, बिहिबार


सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताउनुभएको छ ।
 
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले यो बजेटका आफ्नै सीमा रहेको उल्लेख गर्दै यो बजेट नेपाली कांग्रेसको एक्लो सोँचबाट मात्रै निर्देशित नभएको बताउनुभयो । 
 
बजेटले कांग्रेसले अँगालेको ‘लिवरल इकोनोमिक पोलिसी’ र निजी क्षेत्रलाई थप अगाडि बढाउने प्रयास गरेको बताउँदै उहाँले साधारण खर्च घटाउन अर्थमन्त्रीले गर्नुभएको प्रयास सकारात्मक रहेको बताउनुभयो ।
 
बजेट आकारका हिसाबले ठूलो नभए पनि चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेर्दा चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोँच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटी’ अगाडि सारेकाले यसलाई सकारात्मक सङ्केतका रुपमा लिनुपर्ने जिकिर गर्नुभयो ।
 
सांसद चौधरीले भन्नुभयो, “उत्पादन साथमा, अनुदान हातमा’, ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै’, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ सिँचाइमा लगानी, खेतबारीमा पानी’ जस्ता नाराहरूले बजेटको दृष्टिकोणलाई प्रष्टसँग औँल्याएको छ ।”
 
रासायनिक मल वितरणका लागि पेट्रोलियम पदार्थमा जस्तै ‘जिटुजी’का आधारमा नेपालको कूल माग धान्ने गरी स्थायी र भरपर्दोरुपमा आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भनी प्रश्न गर्र्दै उहाँले यो समस्याको स्थायी समाधानका लागि हामीले भारत वा बङ्गलादेशबाट ग्यास पाइप लाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सकिने बताउनुभयो ।
 
“हाम्रो राजनीति, अर्थनीति र कूटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्छ । आर्थिक विकास र नागरिकको जीवनस्तर परिवर्तनसँग जोडिन नसकेको राजनीति जनताबाट टाढा बन्दै जानेछ । त्यसैले राजनीतिको केन्द्रभागमा आर्थिक विकास र आम नागरिकको जीवनसँग जोडिएका एजेण्डाहरू रहनु पर्दछ”, उहाँले भन्नुभयो ।
 
उहाँले बजेटमा काठमाडौँको बूढानिलकण्ठ स्कूल र पोखराको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिवास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक(एक नमूना आवासीय सामुदायिक स्कूल स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका काम अगाडि बढाइने भनिएको विषयलाई स्वागत गर्नुभयो ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह