Logo

बैंक / बिमा /शेयर

साउनमा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, कुनको कति ?


GDP नेपाल
   ९ आश्विन २०८०, मंगलबार


चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएका छन्।

साउनमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । ग्लोबल आइएमई बैंकले यस अवधिमा सर्वाधिक ९९ करोड २ लाख नाफा आर्जन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नबिल बैंकले ७५ करोड ५ लाख र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड नाफा आर्जन गरेका छन् ।

यसका साथै नेपाल बैंकले ३६ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७ लाख, स्टान्डर्ड चाटर्ड बैंकले २५ करोड ७ लाख, हिमालयन बैंकले ६३ करोड १ लाख, नेपाल एसबीआई बैंकले १६ करोड, एभरेष्ट बैंकले ३६ करोड ७ लाख, एनआईसी एशियाले ३८ करोड ४ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८ लाख, कुमारी बैंकले ५७ करोड, लक्ष्मी सनराइजले ४१ करोड ५ लाख, सिद्धार्थ बैंकले २९ करोड ९ लाख र कृषि विकास बैंकले ३३ करोड १ लाख नाफा गरेको छ। यस्तै, सिटिजन्स बैंकले २४ करोड ७ लाख, प्राइम कमर्सियलले ४२ करोड, एनएमबी बैंकले ३८ करोड ३ लाख, प्रभु बैंकले २९ करोड ९ लाख र सानिमा बैंकले २५ करोड १ लाख नाफा आर्जन गरेको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह