Logo

बैंक / बिमा /शेयर

अब आइएमई पेबाट सहजै एसआईपी भुक्त्तानी गर्न सकिने


GDP नेपाल
   १२ आश्विन २०८०, शुक्रबार


‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्।

एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआइसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआइसी एशिया क्यापिटलको एनआइसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्सटलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन्।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरूको लागि यो सेवा सुरू गरेको आइएमई पे का सिइओ प्रवीन रेग्मीले बताए।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह