Logo

बैंक / बिमा /शेयर

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त


GDP नेपाल
   २२ आश्विन २०८०, सोमबार


नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन्। नबिल सेक्युरिटिजको सञ्‍चालक समितिले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट देवकोटालाई आइतबारदेखि लागू हुने गरी ४ वर्षको लागि सिइओमा नियुक्त गरेको हो।

देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए। उनले २ दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन् । २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट उनले आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् । १५ वर्ष नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका उनले नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति गरेपछि प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

त्रिभुवन विश्‍वविद्यालयबाट व्यवस्थापन संकायमा स्‍नातकोत्तर गरेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था ९आइक्यान०का पूर्वपार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्यसमेत हुन्। उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्‍चालक सदस्यको रूपमा पनि काम गरिसकेका छन्।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह