Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको नेतृत्व दोस्रो पुस्तामाः प्रवलजंग पाण्डे अध्यक्ष निर्वाचित


gdpnepal
   २६ आश्विन २०८०, शुक्रबार


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा युवा उद्यमी प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार बैंकको १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

देशका प्रख्यात व्यवसायी, अर्थशास्त्री, पूर्वप्रशासक तथा बैंकरहरुको सक्रियतामा स्थापित सिटिजन्स बैंकमा यसअघि प्रवलका पिता प्रदीपजंग पाण्डे पनि अध्यक्ष भएका थिए । उनी अध्यक्षमा चयन भएसँगै बैंकको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण भएको हो ।

बैंकको सञ्चालक समेत रहिसकेका पाण्डेले मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा तेस्रो कार्यकालका लागि सदस्य रहेका पाण्डे अढाई वर्षपछि हुने निर्वाचनमा एशोसिएट उपाध्यक्षका उम्मेदवारका रुपमा पनि चर्चामा छन् ।

इस्टर्न कसमस सिमेन्टका कार्यकारी निर्देशकसमेत रहेका पाण्डे स्पष्ट र स्वच्छन्द बिचारका कारणले पनि व्यावसायिक वृत्तमा लोकप्रिय छन् । उनी लोमस ग्रुपका निर्देशक पनि हुन् ।

फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक समेत रहेका पाण्डेले इन्जिनियरिङमा स्नातक गरेका छन् ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह