कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल,काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया