Logo

Sub-banner

रोटरी क्लब अफ काठमाडौं वेस्टद्वारा १२२ ह्विलचेयर हस्तान्तरण


GDP नेपाल
   १७ मंसिर २०८०, आइतबार


३२ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस २०२३ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ काठमाडौं वेस्टले रोटरी कलब अफ क्यूम्पाइर ओडेल, फ्रान्स इन्टरनेशनल क्लब, मोमेन्टम ह्वील्स फर हयूम्यानीटीलगाएत आठ वटा रोटरी क्लबको सहयोगमा १२२ वटा ह्विलचेयर बाडेको छ ।

क्लबले काभ्रेको साँगा भैसेपाटीमा अवस्थित स्पाईनल इन्जुरी पुर्नस्थापना केन्द्रका अध्यक्ष शान्ता दिक्षितलाई सो ह्विलचेयर हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ काठमाडौँ वेस्टका प्रेसिडेन्ट उर्मीला मालीले आज एक समारोहका बीच उक्त ह्विलचेयर स्पाइनल इन्जरी अपाङ्गता अर्थात शारीरीक अस्वस्थता भएका व्यक्ति तथा बिरामीहरुलाई प्रदान गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२ का डीस्ट्रिक गर्भनर राजेन्द्र प्रसाद ध्वजुले सो अवसरमा बोल्दै स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र अब ७ वटै प्रदेशमा लैजानुपर्ने बताए ।

“यस प्रकारको सहयोगले मेरो मन छोएको छ,” ध्वजुले भने “डीष्ट्रिक गर्भनरको नाताले आगामी दिनहरुमा पनि मैले यस प्रकारका संस्था र व्यक्तिहरुलाई आफूले सक्दो सहयोग गर्नेछु” ।

यस्तै, उनले सहयोगको अवसर प्रदान गरकोमा रोटरी क्लब अफ काठमाडौँ वेस्टलाई धन्यवाद दिए ।

सो अवसरमा पुर्नस्थापना केन्द्रका उपाध्यक्ष डा. अनिल श्रेष्ठले केही साथीहरुको सक्रिय सहभागीताले यस केन्द्र आजको स्थितिसम्म आइपुगेको बताए । उनले सबै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा देशका ७ वटै प्रदेशमा पुर्नस्थापना केन्द्रको शाखा विस्तार गर्ने योजना बनीरहेको समेत जानकारी गराए । उनका अनुसार हाल सो केन्द्रमा १२२ जना भन्दा बढी बिरामीको उपचार भइरहेको छ ।

“दुर्घटना दिन प्रति दिन बढ्दै जाँदा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग र आराम होस् भन्ने हेतुका साथ २००१ मा यस पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याइएको हो “, उनले भने “यस प्रकारका मानविय सहयोग गर्ने रोटरी क्लब अफ काठमाडौँ वेस्ट लगाएत सबैप्रति हामी आभारी छौ ।”

यस्तै, सो अवसरमा कलबका प्रतिनिधि एवं प्रेसिडेन्टलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

 

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह