संखुवासभा । पूर्वी नेपालमा आम्दानीको बलियो स्रोत भएको छ– रुद्राक्ष । तर, यसलाई जोगाउन भने सजिलो छैन । चोरहरुको बिगबिगी छ भने राम्रा बोटमा विषादी हालेर उपद्रो गर्नेहरुको पनि कमी छैन ।
रुद्राक्ष जोगाउन किसानले प्रविधिको प्रयोग गर्न थालेका छन । संखुवासभामा रुद्राक्ष कृषकले बगानमै सिसी क्यामरा जडान गर्न सुरु गरेका हुन् । बोट नै ढाल्ने त्रास बढेपछि उनीहरुले गार्डसहित सिसी क्यामेरा राखेका हुन् ।
संखुवासभाको सिलिचोङ याफुका किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् । आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ ।
२६ बोट रुद्राक्ष भएको उनको बगानमा यस वर्ष तीन जना कुरुवासँगै सिसी क्यामरा जडान गरेको र कुरुवाले अब रुद्राक्ष र सिसी क्यामरा दुवैको सुरक्षा दिने भएकाले ढुक्कसँग निदाउन पाएका छन् ।
गत वर्ष याफु गाउँमा नै बहुमुल्य रुद्राक्ष फल्ने बोटमा अज्ञात समूहले आराले काटेर क्षति पु¥याएपछि गाउँका अरु कृषकहरू पनि त्रसित बनेका थिए । एक महिनाअघि पनि पाँचखपन नगरपालिकाको स्याबुन गाउँमा पनि रुद्राक्षको जरामा विषादी हालेर क्षति पु¥याइएको थियो ।
गुणस्तरीय रुद्राक्ष फल्ने यहाँका बगानहरूमा सुरक्षाका लागि प्रायः सवैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेका छन् ।
प्रतिक्रिया