काठमाडौं । सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ११ करोड ७९ लाख रुपैयाँ घाटामा थियो ।
होटलको वित्तीय खर्च १४ करोड २८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष होटलको वित्तीय खर्च १७ करोड ४८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, होटलको सञ्चालन आम्दानी २३ करोड ५७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष २४ करोड ३० लाखबाट सञ्चालन आम्दानी रहेको थियो । यस्तै, कुल आम्दानी पनि घटेर २५ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।
होटलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नोक्सानी ६.२७ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८४.२० रुपैयाँ छ ।
प्रतिक्रिया