Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ३० फाल्गुन २०८१, शुक्रबार


काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले १५ दिन भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।


यस्तै, बाँकी ९८ हजार २८.८४ कित्ता संस्थापक सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।


तोकिएको समयमा संस्थापकहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह