Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै


GDP नेपाल
   २० असार २०८२, शुक्रबार


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो ।

यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई नाम कायम भएका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३।४७८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता सेयर, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

प्रकाशित : २० असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह