Logo

कृषि / सहकारी

मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौताको प्रस्ताव सर्वसम्मत पारित


GDP नेपाल
   ८ श्रावण २०८२, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट ‘विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिनको १ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित : ८ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह