काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत १७५ दिनको लागि ४० अर्ब निक्षेप सङ्कलन गर्न लागेको हो ।
उक्त निक्षेपमा आज दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ । बोलकबोलबाटै ब्याजदर निर्धारण हुने र आगामी वैशाख १३ गते सावाँ तथा ब्याज भुक्तानी हुने जनाइएको छ ।
बोल कबोलमा क, ख र ग वर्गका बैंक सहभागी हुन सक्नेछन् भने बोलकबोल गर्दा कम्तीमा १० करोड बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्न पाइने छ । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा निक्षेप सङ्कलन बढ्दै जाने र कर्जाको मागमा कमी आउँदा राष्ट्र बैंकले निरन्तर निक्षेप खिच्ने काम गरिरहेको छ ।










प्रतिक्रिया