Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक र नास-आईटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न


GDP नेपाल
   २० कार्तिक २०८२, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस ९नास–आईटी० का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरू, बैंकिङ्ग सेवा, डिजिटलरनवीनतम बैंकिङ्ग सेवाहरू, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।


साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
बैंक र नास–आईटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक नास–आइटिको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको बताइएको छ ।

प्रकाशित : २० कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह