Logo

Banner-news

योजना आयोग उपाध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त


gdpnepal
   २४ चैत्र २०८२, मंगलबार


काठमाडौं । आकस्मिक भनिएको मन्त्रिपरिषद बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् भने राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।

भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने पण्डित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैको नियुक्त गरेको हो ।

डा. भट्टलाई यसअघिको सरकारले गभर्नर नियुक्त गर्ने तयारी गरे पनि तत्कालीन डेपुटी गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि सिफारिस नै हुन सकेन ।

नवनियुक्त डेपुटी गभर्नर पण्डितले भने केन्द्रीइ बैंकमा बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

 

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह