काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४५.१२ अंकले बढेर दुई हजार ८०२.५२ विन्दुमा पुगेको छ ।
बैंकिङ १६, विकास बैंक ११७ , फाइनान्स ३५, होटल तथा पर्यटन १९३, हाइड्रोपावर ९९, जीवन बीमा १६७, उत्पादन ४१७, माइक्रोफाइनान्स ६२, निर्जीवन बीमा १११, अन्य ३ र व्यापार उपसमूह २३ अंकले बढेको छ ।
आज रिलायन्स स्पिीनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर, रिज लाईन इनर्जी र सूर्य कुण्ड हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज स्वेतगंगा हाइड्रोपावरको सेयर ४.३५ प्रतिशतले घटेको छ ।
यस दिन ३४६ कम्पनीको एक करोड ८८ लाख कित्ता सेयर ८ अर्ब ३१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया