काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाइएको पुष्टि भएको दावी गरेका छन् ।
प्रहरी हिरासतमुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले भनेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।”
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण नेपालीसहित कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायीप्रति आभार व्यक्त गरेका छन् ।
रिहाइका लागि परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र आफ्नो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता जनाएका छन् ।
आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ओलीले भनेका छन्, “उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु ।”










प्रतिक्रिया