Logo

अर्थनीति

एफएनसीसीआई निर्वाचन रोक्न पाटन उच्च अदालतको आदेशः यस्तो छ कारण


gdpnepal
   २६ चैत्र २०८२, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । चैत २९ र ३० गतेका लागि तय भएको महासंघको ६० औं साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको आदेशका कारण रोकिने भएको हो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफूलाई मताधिकारबाट बञ्चित गरिएको भन्दै दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिँदै साधारण सभा रोक्न भनेको हो ।

महासंघले २०८१ चैत २८ मा सम्पन्न एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभामा सदस्यको हैसियतले उपस्थित भए पनि अहिले आफूलाई समावेश नै नगरी एवं सदस्यता सम्बन्धी निर्णय नगरी साधारण सभा गर्न लागिएको भन्दै अन्तरिम आदेश मागेर रिट दायर गरेको थियो ।

बस्तुगत महासंघलाई सदस्यका रुपमा मताधिकार दिने कि नदिने भन्ने विषय अदालतमा बिचाराधीन रहेका अवस्थामा नयाँ निर्वाचन नगराउन माग गर्दै महासंघले रिट दायर गरेपछि अदालतले उसको माग बमोजिम अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले रिट निवेदकलाई सदस्यता दिने निर्णय नभएसम्म साधारण सभा नगर्न बिहीबार अन्तरिम आदेश दिएको छ ।

अदालतले चैत २३ गते अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएकामा बिहीबार महासंघको पक्षमा आदेश दिएको थियो ।

 

प्रकाशित : २६ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह