Logo

Uncategorized

विशाल ग्रुप भन्छः आयान डिष्ट्रिब्युटरसँग कुनै सम्बन्ध छैन, बदनाम गराउने षडयन्त्र भयो


GDP Nepal
   १९ आश्विन २०७७, सोमबार


काठमाडौं । औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपले विवादास्पद आयान डिष्ट्रिब्युटरसँग आफ्नो समूहको कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहेको भन्दै केही दिनयता आफ्नो समूहमाथि श्रृंखलाबद्ध आक्रमण भइरहेको जनाएको छ ।

विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ग्रुपको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । समाचारहरुमा उल्लेख भएको आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विधिवत रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सो को सतप्रतिशत शोधभर्ना गर्ने नीति रहेको जनाएको छ । ग्रुपले अवान्छित र भ्रम सिर्जना गर्ने समाचार भन्दै खण्डन गरेको छ र ग्राहकवर्ग माँझ यस्ता भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

विशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एंव सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्र्तगतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।

कम्पनीले केही संचार माध्यमबाट विशाल ग्रुपलाई लान्छित गर्दै प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।

विशाल ग्रुप नेपालमा सबैभन्दा ठूलो व्यवसायिक समूहमध्ये एक हो, यसले विभन्न व्यवसायीक गतिविधिहरु जस्तै बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस्, र बितरणको क्षेत्रमा संलग्न छ ।

यस समूहले नेपालमा व्यावसायिक गतिविधिहरुका ५० वर्षभन्दा बढिको इतिहास कायम गरेको छ । यस समूहले विभिन्न सम्मान तथा नेपालमा कार्य गरे बापत विभिन्न सरकारी विभागहरुबाट प्रशंसापत्र प्राप्त गरेको जनाएको छ । यस ग्रुप नेपालमा विभिन्न बहुदेशीय ब्राण्डहरुको आयातकर्ता तथा बितरक हो ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह