Logo

Banner-news

चागुँनारायणमा विश्वकै अग्लो त्रिशुलः १२१ फिट उचाई, साढे ४ करोड लगानी


GDP Nepal
   २८ मंसिर २०७७, आइतबार


भक्तपुर । मुलुकभर भ्युटावर निर्माणमा प्रतिस्पर्धा चलिरहँदा भक्तपुरको चागुँनारायण नगरपालिकामा भने विश्वकै अग्लो त्रिशुल निर्माण हुने भएको छ । चागुँनारायणमै यसअघि विश्वकै अग्लो शिव मन्दिर पनि स्थापना भइसकेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको हो । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरेका हुन् ।

त्रिशुलडाँडामा कूल ४ करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।

निधिले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको धारणा राखे ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह