Logo

Banner-news

संकटाको छाता पर्यटन, अत्यधिक भीडले हटाउनु परे पनि नयाँ प्रयोग सफल !


GDP Nepal
   २० पुस २०७७, सोमबार


काठमाडौं । काठमाडौंको न्युरोडस्थित संकटा क्षेत्रमा झुन्ड्याइएका छाता हटाइएको छ । सामाजिक सञ्जालमा प्रचार भएसँगै त्यस क्षेत्रमा अत्यधिक भिड बढ्यो र अन्ततः छाता झिक्न व्यवसायी बाध्य भए ।

त्यसो त कोरोना महामारीपछि सुस्ताएको व्यापारलाई माथि उकास्न चहलपहल बढाउने उद्देश्यले छाता झुन्ड्याइएको थियो । तर, मानिसको चाप बढ्दै गएपछि छाता निकालेको संकटा क्लबका सचिव आशिषमान सिंहले बताउँछन् ।

यद्यपि छाता हटाउनु परे पनि उपभोक्तालाई कसरी आकर्षित गराउन सकिन्छ भन्ने प्रयोग भने सफल भएको छ । न्यूरोड क्षेत्रमा फोटो खिचाउने र टिकटक बनाउनेको भीडले जाम हुने र त्यस क्षेत्रबाट त सवारीसाधन नै प्रवेश गराउन नसकिने भएपछि छाता हटाउनु परेको हो ।

‘‘मानिसलाई न्युरोड, संकटाको बजारतिर ध्यानकेन्द्रित गराउनु थियो,’’ सचिव सिंहले भने, ‘‘पहिला अत्यधिक भिडभाड थिएन । सडक क्षेत्र भाइरल बनेसँगै भिडभाड बढ्यो । भिड थाम्न सकिएन । अन्त्यमा छाता निकाल्ने निर्णयमा पुग्यौँ ।’’

छाता झुन्ड्याइएसँगै उक्त सडकखण्डमा दैनिक २० हजारको हाराहारीमा मानिस घुम्न पुग्न थालेका थिए । ट्राफिक व्यवस्थापनमा पनि समस्या आएको थियो ।

कोरोनाकालमा भिडभाडबाट हुने उच्च जोखिम, ट्राफिक व्यवस्थापनमा चुनौतीलगायतका कारण सबै व्यापारीले छाता निकाल्ने निर्णय गरेका हुन् । करिब तीन लाख रुपैयाँ खर्च गरेर छाता राखिएको थियो ।

छाता निकाल्ने निर्णयपछि पनि अब केही नयाँ गर्ने सोचमा रहेको व्यवसायीले बताएका छन् ।

प्रकाशित : २० पुस २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह