Logo

Banner-news

निर्जीवन बिमा व्यवसायी संघको साधारणसभा सम्पन्न, बिमाका समस्याबारे छलफल


GDP Nepal
   ८ चैत्र २०७७, आइतबार


काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा हाल बीमा क्षेत्रमा देखिएका समस्याहरुको गहिरो छलफल गर्नुका साथै यी क्षेत्रको बिकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल भएको जनाइएको छ ।

सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराए । सभाले उक्त विवरणहरु पारित गरेको छ ।

संघमा अब बीमा कम्पनीहरुका अध्यक्ष वा संचालकको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ ।

सभामा संस्थाको कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्ष मनोहर दास मुल (लुम्बिनी जनरल इन्स्योरेन्स), कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ (शिखर इन्स्योरेन्स)लगायतको सहभागिता थियो ।

यस्तै, संस्थाका सदस्यहरु महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन जनरल इन्स्योरेन्स), पवन अग्रवाल (सिद्धार्थ इन्स्योरेन्स) र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ (प्रिमियर इन्स्योरेन्स) साधारणसभामा सहभागी थिए ।

सदस्य कम्पनीहरुबाट रोहित कुमार भट्टराई (अध्यक्ष, नेको इन्स्योरेन्स), हेमराज ढकाल (अध्यक्ष, आईएमई जनरल इन्स्योरेन्स), आजाद श्रेष्ठ (अध्यक्ष, अजोड इन्स्योरेन्स), उमेशचन्द्र उपाध्याय (अध्यक्ष, राष्ट्रिय बीमा कम्पनी), कुनाल कयाल (अध्यक्ष, जनरल इन्स्योरेन्स), प्रेदिद सुब्बा (संचालक, युनाइटेड इन्स्योरेन्स), दिलिप श्रेष्ठ (संचालक, सानिमा जनरल इन्स्योरेन्स), गजेन्द्र लाल श्रेष्ठ (संचालक, सगरमाथा इन्स्योरेन्स), डा. भरत थापा (संचालक, एनएलजि इन्स्योरेन्स), पूर्व महासचिव रमेश कुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइराला सहभागी थिए ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह