काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दर्जनभन्दा बढी आरोहीले अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाईको यो हिमाल आरोहण गर्ने पूर्णिमासहितका महिला टोली पहिलो नेपाली महिला पनि भएका छन् ।
चालू वर्षको वसन्त ऋतुको पहिलो हिमाल आरोहण पनि अन्नपूर्णबाटै सुरु भएको पर्यटन विभागले जनाएको छ ।
शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएका छन् । आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् ।
अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा पूर्णिमा श्रेष्ठ, लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा लगायत रहेका छन् ।
पत्रकार श्रेष्ठले यसअघि सगरमाथा, मनासलुलगायतका हिमाल आरोहण गरिसकेकी छन् ।
प्रतिक्रिया