Logo

Banner-news

बोडीको बजार खोज्दै किसान !


GDP Nepal
   १ असार २०७८, मंगलबार


सर्लाही । निषेधाज्ञाका कारण किसानको उत्पादनले बजार पाउन सकेको छैन । तरकारी धेरै फल्ने सर्लाहीका किसान यतिबेला खेतबारीको उत्पादन नबिकेर हैरान छन् ।

सर्लाहीको लालबन्दीका किसान यसरी बोडीको बजार खोज्दै हाइवेमा यत्रतत्र भेटिन्छन् । विगतका वर्षमा घरमै लिन आउने बिक्रेता यस वर्ष नआउँदा आफैं बजार खोज्दै निस्केका छन् ।

हाइवेमा कतिपय विचौलियाले प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न आग्रह गर्दा किसानले मानेनन् । उनीहरुले उत्पादन लागत नै नउठ्ने भन्दै अस्वीकार गरेको बताए ।

सर्लाहीबाट नजिकैको सिन्धुली बजारमा यस्तो बोडीको मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेको छ ।

शब्द तथा तस्बिरः भुवन थापा

प्रकाशित : १ असार २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह