Logo

Banner-news

आकर्षक फुटपाथले चिटिक्क ललितपुर (हेर्नुहोस् १३ तस्बिर)


GDP Nepal
   ६ असार २०७८, आइतबार


ललितपुर । निषेधाज्ञापछि ललितपुरका मुख्य सहरी क्षेत्रमा पैदल यात्रा गर्ने मौका पाउनुभएको छ ? पाउनु भएको छैन भने समय मिलाएर गइहाल्नुस् । तपाइँलाई काठमाडौं उपत्यका होइन, विकसित मुलुकको कुनै सहर घुमेजस्तै अनुभूति हुनेछ ।

ललितपुर महानगपालिकामा चार वर्षअघि मेयरका रुपमा चिरिबाबु महर्जनको जितसँगै यस क्षेत्रमा देखिनेगरी सुधार भएका छन् । ठूला सडक संघीय सरकारको मातहत रहे पनि ति सडकका दायाँबायाँ भने सुन्दर फुटपाथ र साइकल लेनले ललितपुर सिंगारिएको छ ।

ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल, कुमारीपाटी क्षेत्रमा आकर्षक पेटी देख्न सकिन्छ । पैदल यात्रीलाई महत्व नदिइएको गुनासोबीच ललितपुर महानगरपालिकाले भने साइकलयात्री र पैदलयात्री दुवैलाई उत्तिकै महत्व दिइरहेको छ ।

त्यसो त ललितपुरका सहरी क्षेत्रमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । महानगरले ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ ।

ललितपुरको पुल्चोक कुपण्डोल क्षेत्रका फुटपाथका केही दृष्य:

प्रकाशित : ६ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह