Logo

Banner-news

छैठौँ निर्यात दिवस मनाउँदै इकोन


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


काठमाडौँ ।

नेपाल निर्यात परिषद् इकोनले ‘छैठौँ निर्यात दिवस-२०७८’ को आयोजना गर्ने भएको छ ।

पुस २२ लाई निर्यात दिवसका रुपमा मनाउँदै आएको इकोनले छैठौँ निर्यात दिवसको अवसरमा नेपाल घर ठमेलमा नेपाली निर्यात वस्तुहरुको प्रर्दशनी समेत गर्ने भएको छ । सो प्रदर्शनी आजबाट (पुष २० ) तीन दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

इकोनका अध्यक्ष हरिबहादूर कार्कीका अनुसार कोरोना संक्रमणका कारण विगतका वर्षमा हुँदै आएका प्रभात फेरि जस्ता कार्यक्रमहरु यस वर्ष भने स्थगित भएका छन् ।

यस्तै, छैठौैँ निर्यात दिवस एवम चौँबीसौँ वार्षिक साधारण सभाको यही पुस २२ गते अर्थमन्त्री जनार्दन शर्माले उट्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । निकासीलाई प्रवर्द्धन गर्ने, उत्पादन वृद्धि गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बजार विस्तार गर्ने उदेश्यका साथ छैठौैँ निर्यात दिवस मनाउन लागिएको आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह