काठमाडौँ । तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर सङ्कटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माण व्यवसायीहरूका अनुसार विगत १५ वर्षदेखि ठेक्काहरू सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीको अकर्मण्यता होइन, बरु सरकारी कार्यालयहरूको निर्णयहीनता, राजनीतिक हस्तक्षेप, नेतृत्वको निरन्तर परिवर्तन र बजेटको अभाव हो । सरकार…