काठमाडौं । आज (मार्च २२) संसारभर ‘विश्व जल दिवस’ मनाइँदैछ । पानीको महत्व, आवश्यकता र संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो । ‘जल नै जीवन हो’ भन्ने मूल मन्त्रका साथ नेपालमा पनि यसदिन पानीका स्रोतहरूको संरक्षण र स्वच्छ पेय जलमा पहुँचबारे विभिन्न कार्यक्रम गर्ने गरिन्छ…