Logo

मुख्य समाचार

बद्री केसीसँगको वार्ता असफल भए पनि एकताको अन्तिम तयारीमा छौं: महेशकुमार श्रेष्ठ


gdpnepal
   ३० आश्विन २०८२, बिहिबार


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् ।


एनआरएनए डेका अवसरमा बद्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।

‘एनआरएनएका डे का दिन एकताको घोषणा गर्नका लागि अभ्यासहरु भएका थिए । तर कसरी आ–आफ्नो अस्तित्व स्वीकार गरेर अघि बढ्ने, कसरी स्वामित्व ग्रहण गर्ने र कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा अझै निष्कर्ष निस्किएको छैन् । हामी एकताको अन्तिम तयारी गरिरहेका छौं,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।


श्रेष्ठले केही एजेन्डामा कुरा नमिलाकाले एकता घोषणा गर्न नसकेको उनले बताए । सरकारका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर एकताको प्रयास भइरहेको उनले बताए ।

एनआरएनएको बद्री केसी समूहले दावी गरेको आफ्नो कार्यकाल बुधबार, २८ असोज (अक्टोबर १४, २०२५) देखि सकिएको छ । कार्यालय सकिएपछि केसी पक्षले पनि सकारात्मक रुपमा एकताको प्रयास गरिरहेको बताइन्छ ।

सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ मा काठमाडौंमा आयोजना गरेको एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको वैधानिक कार्यसमितिलाई सचिवालयमा प्रवेश दिएको छैन् ।

सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरुको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दावी गर्दै आएको थियो ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह