Logo

कर्पोरेट-बजार

एशोसिएटमा टीम ज्योत्सना: इम्सन अध्यक्ष रामराजा श्रेष्ठसहित यी हुन् सदस्यका १९ उम्मेदवार


gdpnepal
   २२ चैत्र २०८२, आइतबार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् ।


ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएका थिए ।

महासंघको एशोसिएट्सतर्फको कुल १९ सदस्यका लागि बाँकी ३ जना सदस्यले आज उम्मेदवारी दर्ता गराएका हुन् ।


उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दिएको दर्ता गराएका हुन् ।

यसैगरी उम्मेदवारीसँगै उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठले आफ्नो समुह एकदमै शसक्त रहेको र सम्पूर्ण टीमकै जीत सुनिश्चित रहेको बताइन् ।

‘हामीले सबै क्षेत्रका उद्योगी व्यवसायीलाई समावेश गरी टीम निर्माण गरेका छौं,’ उनले भनिन् ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह