Logo

Banner-news

कांग्रेसले आज संसदीय दलको नेता छान्दै; आङदेम्बेको पल्ला भारी


gdpnepal
   ११ बैशाख २०८३, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज (वैशाख ११) निर्वाचन हुँदै छ । 

दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ ।

निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । 

४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।

मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ । 

सर्वसम्मतको प्रयास भइरहे पनि कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्यको नाम चर्चामा छ ।

यद्यपि, चुनाव भए आङदेम्बेले जित्ने आकलन गरिएको छ । उनलाई देउवापक्षीय र शेखरपक्षीय सांसदहरुको समर्थन रहेको छ ।

 

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह