Logo

बैंक / बिमा /शेयर

रजत जयन्तीको अवसरमा नेपाल लाइफद्वारा बीमितलाई बम्पर उपहार, विलम्ब शुल्कमा १०० प्रतिशत छुट


GDP नेपाल
   १० बैशाख २०८३, बिहिबार


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।

कम्पनीले मिति बैशाख ७ देखि जेठ ५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२र०८३ लागू गरेको हो ।

रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो।

३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।
कम्पनीले हल देशभर ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने “नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो। हामी सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा आफ्नो परिवारको भविष्यलाई थप सुरक्षित र सुनिश्चित बनाउन हार्दिक अनुरोध गर्दछौं। नेपाल लाइफ सधैं तपाईंको विश्वासको सहयात्री रहिरहनेछ।”

प्रकाशित : १० बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह