काठमाडौं । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।
गोल्छालाई नक्सालस्थित उनको कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरले पक्राउ गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका गोल्छा विवादित सेयर कारोबारको बिषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार पक्राउ परेका हुन् ।
सो कारोबारमा गोल्छा सहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।










प्रतिक्रिया