Logo

बिजनेस होम

आज कतै चट्याङसहित वर्षा हुने, कतै उखरमाउलो गर्मी


gdpnepal
   १२ बैशाख २०८३, शनिबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । 

आज कतै तातो दिन हुँदा आज केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा केही भूभागमा तातो दिन हुनेछ भने अन्य प्रदेशका केही स्थानमा वर्षा हुनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराईमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

 

प्रकाशित : १२ बैशाख २०८३, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह