काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।
गोल्छा बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।
धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो ।
उनी निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष हुन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा कारबाहीका लागि पक्राउ गरिएको थियो ।
सोही आधारमा अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।










प्रतिक्रिया