Logo

कर्पोरेट-बजार

‘सरकारको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित’


GDP नेपाल
   ११ बैशाख २०८३, शुक्रबार


काठमाडौं । उद्यमी व्यवसायीमाथि सरकारले गरेको धरपकड र थुनछेकले आफूहरु त्रसित र निरुत्साहित भएको निजी क्षेत्रले बताएका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारको यस कदमले निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

त्यस्तै, उद्यमी व्यवसायीमाथि गरिएको धरपकडले देशको अर्थतन्त्र, रोजगारी, राजश्व एवं पुर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने निजी क्षेत्रले बताएको छ ।

निजी क्षेत्रले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछिमात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न सरकारलाई गम्भिर रुपमा आग्रह समेत गरेको छ ।

“उद्यमी व्यवसायीहरुले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको छ”, विज्ञप्तिमा भनिएको छ “उद्यमी व्यवसायीलाई यसरी धरपकड हुँदा व्यक्तिमात्र नभइ लाखौं रोजगारी, आपूर्ति श्रृखला, बैंकिग क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गै अर्थतन्त्र गम्भीर संकटमा पर्ने तर्फ हामी पुनः ध्यानाकर्षण गराउँदछौ ।”

 

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह