Logo

अर्थनीति

सेबोन अध्यक्षका लागि सिफारिस समिति गठनः यी हुन् मन्त्रिपरिषद् वैठकका पाँच निर्णय


gdpnepal
   ८ बैशाख २०८३, मंगलबार


काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूमा बोर्ड अध्यक्ष नियुक्तिका लागि समिति गठनको विषय उल्लेख छ ।

सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार, तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको छ ।

मुख्य पाँच निर्णयः

–नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।

–नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।

–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।

 

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह