Logo

बिजनेस होम

भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १० करोडभन्दा बढी बिगो दाबी


gdpnepal
   ३ बैशाख २०८३, बिहिबार


काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तिवारीविरुद्ध बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको माग गरेको छ। सम्पत्ति जफत प्रयोजनका लागि उनकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ।

तिवारी सरकारी सेवाबाट अवकाश लिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तका रूपमा नियुक्त भएका थिए।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारी दम्पतीले पारिश्रमिक, अन्य आय तथा जग्गा बिक्रीबाट १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ वैधानिक रूपमा आम्दानी गरेको देखिन्छ। तर बैंक खाता, घरजग्गा तथा अन्य सम्पत्तिको विवरण जाँच गर्दा उनीहरूको कुल सम्पत्ति २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपैयाँ बराबर पुगेको पाइएको छ।

अख्तियारले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत राखिएको निष्कर्ष निकालेको जनाएको छ।

 

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह