विश्व शान्तिको सन्देशका लागि महासिद्ध पिस स्यान्क्चुअरीले शान्तिका लागि साइकल यात्रा गर्ने भएको छ । बैशाख १५ देखि १८ गतेसम्म हुने यस साइकल यात्रामा १०८ जना साइकल यात्रीहरुले काठमाडौँदेखी लुम्बिनी सम्मको ४ दिने यात्रा गर्नेछन् । यस कार्यक्रममा नेपाल पर्यटन बोर्डले समेत पूर्ण समर्थन जनाएको आयोजकले बताएका छन् ।
यो साइकल यात्रा वैशाख १५ गते काठमाडौं स्वयम्भूबाट सुरु भई पहिलो दिनको विश्राम हेटौंडामा हुनेछ । त्यसपछि दोस्रो दिन हेटौंडाबाट नारायणघाट हुँदै नवलपुरको रजहर र तेस्रो दिन रजहरबाट, कावासोती, दाउन्ने, बर्दघाट हुँदै भैरहवामा रहने छ भने चौथो दिन बिहानै भैरहवाबाट साइकल यात्रीहरू पवित्र भूमि लुम्बिनी पुग्ने बताइएको छ ।
त्यस्तै, वैशाख १९ गते महासिद्ध पिस स्यान्क्चुअरीका परिकल्पनाकार तथा संस्थापक परम पूजनीय श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लिखित “पूर्ण मुक्तिको मार्ग” नामक पुस्तकको विमोचन गरिनेछ ।










प्रतिक्रिया