Logo

कर्पोरेट-बजार

नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा सांसद तामाङलाई सम्मान


GDP नेपाल
   ३ बैशाख २०८३, बिहिबार


काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान ज्ञापन गरेको छ । संघका अध्यक्ष संजय अग्रवालको नेतृत्वमा सांसद बसुमाया तामाङलाई सम्मानमा तथा बधाई कार्यक्रम आयोजना गरिएको हो ।

संघकी एक सम्मानित सदस्य समेत रहेकी सांसद तामाङ व्यवसायिक समुदाय तथा सामाजिक विकासमा अग्रसर छिन् । उनलाई नेतृत्व र सक्रिय योगदानका लागि समेत चिनिन्छ ।

सो अवसरमा संघले सांसद तामाङलाई बधाई दिँदै आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी, कार्यकारी बोर्ड सदस्य सुनिता सिंह तथा अन्य बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह